काठमाडाैँ । जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आईतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो ।
विरोधमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शिर्ष नेताहरूको नाम लिएर बिरोध जनाएका छन् ।
उनीहरूले सरकारविरुद्ध तीव्र असन्तोष व्यक्त गर्दै राष्ट्रिय झण्डा बोकेर जनकपुरधामको विभिन्न भाग परिक्रमा गरेका थिए । सरकारले थुनामा रहेका नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्