राजस्व न्यायाधिकरण काठमाडौँमा ९ महिनामा ३९९ ओटा मुद्धा दर्ता


काठमाडौँ । राजस्व न्यायाधिकरण काठमाडौँमा आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म ९ महिनामा ३९९ ओटा मुद्धा दर्ता भएका छन् । राजस्वका विभिन्न मुद्धाहरु राजस्व न्यायाधिकरणमा दर्ता भएका हुन् ।

यो ९ महिनमा ३८३ ओटा मुद्धा फैसला भएका छन् । आर्थिक वर्ष २०८०/८१ को फैसला हुन बाँकी १७५ ओटा मुद्धाको जिम्मेवारी यस आर्थिक वर्षकाे लागि सरेको हो ।

न्यायाधिकरणमा २०८० असोजमा दर्ता भएको फैसला हुन बाँकी सबैभन्दा पुरानाे मुद्धा हो । राजस्व न्यायाधिकरणमा एक वर्ष पुरानो फैसला हुन बाँकी १३ ओटा मुद्धा बाँकी रहेका छन् ।

आन्तरिक राजस्व विभागले फैसला गर्न ढिलाइ गरेपछि राजस्व न्यायाधिकरणमा मुद्धा लिएर जानेको संख्या कम हुने गरेको छ ।