भारतमा बजार बिस्तार गर्दै केटीएम सिटी


काठमाडौं । शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले भारतमा बजार विस्तार गरेको छ । स्वदेशी लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले भारतको सिलुगढीमा नयाँ आउटलेट खोलेको हो ।

भारतको सिलगुढीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलेको उल्लेख गरेको छ । यसअघि भारतको विभिन्न ६ स्थानमा आउटलेट सञ्चालन गरेर व्यवसाय गर्दै आएको केटीएम सिटीले सिलुगढीमा पनि सेवा विस्तार गरेको हो ।

नेपाली उत्पादन केटीएम सिटीले देशभर विभिन्न आउटलेट मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । काठमाडौं सहित पूर्वको धरान, पश्चिमको बुटवलसम्म केटीएम सिटीले आउटलेट सञ्चालन गरेर सुलभ मुल्यमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय लुगा उपलब्ध गराउँदै आएको छ । भारतीय बजारमा पनि गुणस्तरीय नेपाली ब्राण्डको लुगाले सफलता प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ ।

‘‘अब हामी नेपालमात्र हैन, अन्तराष्ट्रिय बजारमा नेपाली लुगाको सम्भावना र बजार खोजिरहेका छौं । नेपाली ब्राण्डको लुगा निर्यात गरेर देशको अर्थतन्त्रमै टेवा पुर्याउने हिसाबले योजना बनाईरहेका छौं,’’ जारी बिज्ञप्तिमा भनिएको छ ।

केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको आधिकारिक किट पार्टनर हो । पछिल्लो समय खेलकुदमा आक्रमक रुपमा सेवा विस्तार गरिरहेको केटीएम सिटीले भलिबल, ब्याडमिन्टन, मार्सलआर्ट, टेबल टेनिस लगायत सम्पुर्ण खेलको पोशाक उत्पादन र वितरण गर्दै आएको छ ।