जलवायु संकटको दोबाटोमा अफगानहरू, बढ्दै गरिबी


काठमाडाैँ । अफगानिस्तान जलवायु परिवर्तनको लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये एक हो । जसले बारम्बार खडेरी, अचानक बाढी र बढ्दो पानीको अभावको सामना गरिरहेको छ ।

जसले लाखौं कृषिमा निर्भर व्यक्तिहरूको जीविकोपार्जनलाई खतरामा पारेको छ । नोट्रे डेम ग्लोबल एडाप्टेसन इनिसिएटिभकाअनुसार अफगानिस्तान जलवायु परिवर्तनको लागि सबैभन्दा जोखिममा रहेका सात देशहरूमध्ये एक हो । चलिरहेको वातावरणीय संकटले बालीनाली नष्ट मात्र गरिरहेको छैन ।

पशुधनलाई पनि खतरामा पारिरहेको छ र ठूलो मात्रामा विस्थापन निम्त्याइरहेको छ ।