कस्मेटिक, फुड्स सप्लिमेण्ट तथा न्यूट्रास्युटिकल आयात तथा उत्पादनकर्ताहरुलाई ७ दिनभित्र उपस्थित हुन विभागको सूचना


काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कस्मेटिक, फुड्स सप्लिमेण्ट तथा न्यूट्रास्युटिकल आयात तथा उत्पादनकर्ताहरुलाई विवरण सहित विभागमा सम्पर्क गर्नको लागि सूचना जारी गरेको छ ।

सोमबार विभागले सूचना जारी गर्दै कस्मेटिक, फुड्स सप्लिमेण्ट तथा न्यूट्रास्युटिकल आयात तथा उत्पादनकर्ताहरुलाई व्यवसाय दर्ता, प्यान, भ्याट, कर चुक्ता प्रमाणपत्र, एक्जिम सर्टिफिकेट, उत्पादक कम्पनीको दर्ता, वस्तु उत्पादन इजाजत, प्रज्ञापनपत्र, वस्तुको विश्लेषण प्रतिवेदन, टे«डमार्क, लेबल नमूना सहित ७ दिन भित्र उपस्थित हुनको लागि सूचना जारी गरेको हो ।

कस्मेटिक, फुड्स सप्लिमेण्ट तथा न्यूट्रास्युटिकल वस्तुहरु अनुचित व्यापारिक व्यवसायजन्य क्रियाकलाप गरिरहेको, बजारमा एकाधिकार कायम गरी अन्य कुनै तरिकाबाट वस्तु सेवाको मूल्य, कमसल वस्तु पैठारी वा विक्री वितरण भइरहेको गुनासो आएकोले सूचना जारी गरेको जनाएको छ ।