मंगलबार सुनको मूल्य तोलामा ५०० रूपैयाँले बढ्यो


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ५०० रूपैयाँले बढेर एक लाख ८८ हजार ८०० रूपैयाँ कायम भएको छ ।

चाँदी प्रतितोला एक हजार ९७० रूपैयाँमा कारोबार भइरहेको छ ।