बिजुली होइन बिद्युतिय सामाग्री निर्यात गर्नुपर्छ :अर्थमन्त्री


काठमाडौं । नेपालले वार्षिक तीन खर्बको पेट्रोलियम पर्दाथ आयात गर्दा देशको अर्थतन्त्रमा ठूलो असर पारेकाले विद्युतबाट चल्ने सवारी साधानलाई प्रथामिकता दिन जरुरी रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

आज (विहिबार)बाट असोज ९ गतेसम्म भृकुटी मण्डपमा शुरु भएको नाडा ईभी एक्स्पोको उद्धघाटनमा शर्माले उक्त कुरा बताएका हुन् । नेपालले विद्युत निर्यात गर्दै आएको कुरा त्यति सकारात्मक नरहेको बरु नेपालमा विद्युतबाट चल्ने सामाग्रीहरु निर्माण गरेर त्यसको निर्यात गर्नुपर्ने बताए ।

उनले भने, “पटकपटक नाडाका साथीहरुले अटोक्षत्रेलाई केही फाइदा हुने निति ल्याउन मलाई अपिल गरेका छन् । तर सरकार पनि अटोक्षेत्रलाई फाइदा हुने निति ल्याउने कुरामा जोड दिएको छ । नीति ढुङ्गगामा लेखेको अक्षर होइन परिर्वतन गर्न मिल्छ । तर केही समय लाग्छ ।’’

शर्माले विद्युतीय गाडीलाई मात्र जोड दिएर देशलाई ईभी तर्फ ल्यौजना नसकिने कुरामा जोड दिएका छन् । देशमा विद्युतीय गाडीको उत्पादनको साथै हरेक पाँच तारे होटल देखि हरेक कम्पनीले विभिन्र ठाउँमा चार्जिन स्टेशन निर्माण गर्न शर्माले अपिल गरेको छन् ।

शर्माले अब निजि क्षेत्रलाई अप्ठ्यारोमा पार्न सरकार नचाहने पनि बताएका छन् । उनले अब आयातमा गरिएको कडाइको विषयमा पनि नयाँ ढंगले सोच्नु पर्ने बेला आएको बताए । उनले अब निजि क्षेत्रलाई अप्ठ्यारोमा पार्न सरकार नचाहने पनि बताएका छन् ।

त्यस्तै नाडा अटोमोबाइल्स एसोशिएसनका अध्यक्ष धु्रव थापाले गाडीहरुमा लगाएको प्रतिबन्धका कारण अटो व्यवसायहरु टाट पल्टिएको र कर्मचारीहरुले तलब पाउन मुस्किल रहेको बताए । उनले भने, “आर्थिक वर्षममा ९९ अर्बको गाडीहरु आयात भएको र ९० अर्ब राजस्व सरकारलाई बुझाएको छौँ । देशको अर्थतन्त्रमा अटो क्षेत्रले ठूलो भूमिका खेलेको छ । त्यसकारण प्रतिबन्ध फुकाउन अर्थमन्त्रीलाई अपिल गर्दछु ।’’

एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा दुई पाङ्ग्रे, ३ वटा टायर, २ वटा ब्याट्री, ९ वटा पार्टपुर्जाको सहभागित रहेको छ । उक्त एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् ।

एक्स्पोलाई व्यवस्थित बनाउन र प्रदर्शनी स्थलमा भिडभाड कम गर्न नाडाले खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियतका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपबाट २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।

त्यसैगरि चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास रहेको आयोजकले जनाएको छ ।