काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा मंगलवार बोल्दै उनले यस्तो माग गरेका हुन् । संघको बजेट आउनु भन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट कायम गर्नुपर्ने भन्दै दर रेट कायम गर्दा अर्बौं रुपैयाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गरेको उल्लेख गरे ।
उनले रट, सिमेन्ट, आदिमा दर रेट कायम गर्दा राजश्व कार्यालयलाई पनि राय लिनुपर्ने बताए । “संघको बजेट आउनु भन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट कायम गर्नुपर्छ । त्यही दर रेट कायम गर्दा अर्बौं रुपैयाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गर्दछ । रट, सिमेन्ट, आदिमा दर रेट कायम गर्दा राजश्व कार्यालयलाई पनि राय लिन राख्नुपर्दछ,” उनले भने ।
राजश्व कार्यालयसँग राय लिएपछि मात्रै दर रेट कायम गर्न उनकाे आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्