नाडा ईभी एक्स्पो : हिरो इलेक्ट्रिक स्कुटरमा आकर्षक अफर


काठमाडौं । लक्ष्मी इलेक्ट्रिक मोबिलिटी प्रालिले नाडा ईभी अटो शोको स्टल नम्बर सी७ मा बुकिङ गरी स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि नगदसहित आकर्षक गिफ्ट प्रदान गर्ने भएको छ ।

कम्पनीले २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ‘ड्र’मार्फत एकजनालाई जर्मन ब्रान्ड बोस वासिङ मेसिन प्रदान गर्ने बताइएको छ ।
एकपटक फुल चार्ज गरी ८२ किलोमिटरदेखि १६५ किलोमिटरसम्मको रेन्ज दिने यी स्कुटरहरूले भारतसहित नेपालमा पनि बजार लिएको कम्पनीले बताएको छ ।

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्रीसहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ ।