काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुने बताएका छन् ।
मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यसअघि चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा हिनामिना भएको भन्ने गुनासो आएको भन्दै त्यसको छानविन हुने बताएका हुन् ।
उनले उक्त जग्गाबारे छानविन गर्न सम्बन्धित मन्त्री र सचिवलाई निर्देशन दिए । उनले कसैले हिनामिना गरेको छ भने त्यसलाई कानूनी प्रक्रिया पु¥याएर सरकारको नियन्त्रणमा ल्याउने प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री ओलीले चलचित्र विकास बोर्डको मातहतमा कोष निर्माण गर्ने माग आएको भन्दै कोषप्रति सरकार सकारात्मक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्