इभी एक्स्पो नै जनरेटरबाट चलाउनुपर्‍यो : सभापति बराल


काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको नाडा इभी एक्स्पो विहिबार बाट सुरु भएको छ । असोज ९ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्सपाेकाे हल नै व्यवस्थित नभएकाे देखिएकाे छ ।

उद्घाटन कार्यक्रममा बाेल्दै नाडा इभी एक्स्पो समितिका सभापति अनुप कुमार बरालले भृकुटीमण्डपको हल अव्यवस्थित रहेको बताए । उनले भने, “हामीले १५ लाख तिरेर यहाँ ५१ स्टलहरु राखेका छौँ तर यहाँ आउने आगन्तुकहरुले पार्किङको विषयमा सोध्दा हामीसँग जवाफ केही छैन । त्यसैले यो हल व्यवस्थित बनाउनको लागि सम्बन्धित निकायलाई अपिल गर्छु । ’’

उक्त इभी एक्स्पोमा ५१ वटा भन्दा बढी स्टल रहेक छन् । बरालका उनका अनुसार उक्त स्टलहरुको भाडा चार दिनसम्मको १५ लाख रुपैयाँ र पार्किङ ५० हजार रुपैयाँ यहाँको समितीलाई बुझाएर कार्यक्रम संचालन गरेको हो ।

त्यस्तै उनले इभी एक्स्पो कार्यक्रममा नै जनरेटरबाट संचालन गरेको बताएका छन् । “यहाँबाट केही दुरी पर विद्युत प्रधिकरणको कार्यलय छ । तर पनि हामीले बाध्य भएर यहाँ बलेका बत्तीहरु जेनरेटरको माध्यमबाट बालेका छौँ ।” बरालले भने। ’’

उक्त एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा दुई पाङ्ग्रे, ३ वटा टायर, २ वटा ब्याट्री, ९ वटा पार्टपुर्जाको सहभागित रहेको छ ।