सानिमा इक्विटी फण्डको मूल्य समायोजन


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डको मूल्य समायोजन भएको छ । फण्डले २२ प्रतिशत नगद दिने घोषणापछि नेप्सेले प्रतिइकाई १० रूपैयाँ १९ पैसा हुने गरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १२ रूपैयाँ ३९ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

सानिमा क्यापिटल लिमिटेडको भदौ २७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित २२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।