सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक सेयर विक्रीमा


काठमाडौं । बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । उनीहरुले आफ्नो नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् । यसमा, सानिमाकै संस्थापक सेयरधनीले न्यूतम १४५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

उक्त सेयर खरिद गर्न चाहनजे संस्थापकले ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।