टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ । पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दर्ता गरेको हो ।

अख्तियारका अनुसार बस्नेतसहित अन्य १६ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।