काठमाडौँ । रोल्पामा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमा सुनिलस्मृति गाउँपालिका परेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार रोल्पामा सुनिलस्मृति गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको हो ।
गाउँपालिकामा १ अर्ब १३ करोड ६३ लाख २६ हजार रुपैयाँ लेखापरीक्षण गर्दा बेरुजु रकम ३७ हजार ४८ हजार अर्थात ०.३३ प्रतिशत मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ ।
सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले आफूहरूले पहिलेदेखि नै बेरुजु घटाउन लागि परेको बताए ।
उनले भने,“ हामीले पालिकालाई हरेक ढंगले उत्कृष्ट बनाउनुपर्छ भनेर लागेका छौँ । व्यवस्थित ढङ्गले काम गरे वित्तीय अनुशासन कायम गर्न सकिन्छ भन्ने उदाहरण हामीले पेश गरेका छौँ ।”
अघिल्लो पटक सुनिलस्मृति गाउँपालिकाको बेरुजु १.२७ प्रतिशत रहेको थियो । पालिकाले यसलाई पनि घटाएर ०.३३ प्रतिशतमा झारेको छ ।
प्रतिक्रिया दिनुहोस्