काठमाडाैँ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथिको छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपस्थित नभएपछि प्रतिनिधि सभाको शुक्रवारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अर्थमन्त्री पौडेल प्रि–बजेट छलफलमा उपस्थित नभएको भन्दै आपत्ति जनएपछि सभामुख देवराज घिमिरेले सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए ।
प्रतिनिधिसभा नियमावली २०७९ को ६ को ५ मा बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने उल्लेख छ । प्रतिनिधि सभाको बैठकमा आज सिद्धान्त र प्राथमिकता माथिको छलफल सकेर अर्थमन्त्री पौडेलले जवाफ दिनुहुने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्