काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सगरमाथा संवादमा सार्क राष्ट्रका एकजना पनि सरकार प्रमुखलाई उपस्थित गराउन नसक्नु सरकारको कूटनीतिक असफलता भएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कुँवरले प्रधानमन्त्रीकै आह्वानमा आयोजना गरिएको संवादमा सार्क मुलुकका कुनै पनि सरकार प्रमुखको अनुपस्थितिलाई दुःखद् भएको बताएका हुन् ।
उनका अनुसार अछाममा विगत दुई दशकदेखि प्राकृतिक विपत्तिबाट विस्थापित भएकाहरू अझैपनि राहत र पुनर्निर्माणको पर्खाइमा छन् । सरकारले पीडितलाई राहतको नाममा रकम छुट्याए पनि वितरण प्रक्रिया अपुरो रहेको सांसद कुँवरको भनाइ छ ।
सगरमाथा संवाद सम्पन्न भएको उल्लेख गर्दै उनले २५ बुँदे घोषणापत्रमार्फत जलवायु सम्बन्धी नेपाली आवाज अन्तर्राष्ट्रिय समुदायमा पुर्याइएको बताए । तर सार्क राष्ट्रका सरकार प्रमुखलाई संवादमा बोलाउन नसकिएको तथ्यले नेपालको कूटनीतिक हैसियतमाथि प्रश्न उठेको उनको जिकिर थियो ।
प्रतिक्रिया दिनुहोस्