काठमाडाैँ । प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो ।
बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रश्ताव सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक जेठ ६ गते ११ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्