विद्युत प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गरेका छन् ।

बुधवारको पूर्वाधार विकास समितिको बैठकमा उनले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा अडिट र अहिले हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को अडिट गरिएको बताए ।

उनले समिति स्पष्ट हुनका लागि विद्युत प्राधिकरणको एमडीसहित, पूर्वएमडी र महालेखा परीक्षकलाई बोलाएर छलफल गर्न माग गरे । प्रतिपक्षले कुलमानको रक्षा गर्ने र सत्तापक्षले खेदो खन्ने कामको अन्त्य गर्न पनि छलफल गरी स्पष्ट हुन जरुरी रहेको उनले बताए । कुलमान दोषी भए कानूनअनुसार कारबाही गर्नुपर्ने उनकाे भनाइ छ। 

उहाँले राम्रो गरेको जति राम्रो र नराम्रो गरेको भए नराम्रो भन्नुपर्ने बताउनु भयो ।