काठमाडौं । नेपालका दुई पुनर्बिमा कम्पनीहरूले चालु आर्थिक वर्षकाे ९ महिनामा विभिन्न क्षेत्रमा ४० अर्ब ८ करोड ६७ लाख रुपैयाँ लगानी गरेका छन् ।
जसमध्ये नेपाल पुनर्बिमा कम्पनीले २२ अर्ब २८ कराेड ३९ लाख बढीको लगानी गरेको छ भने हिमालयन रिइन्स्योरेन्सले १८अर्ब ५८ करोड ३४ लाख रूपैयाँ लगानी गरेको छ ।
नेपाल पुर्नबिमा कम्पनीले ३० करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेको छ भने क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा १९ अर्ब ४३ करोड रुपैयाँ राखेको छ ।
नेपाल पुनर्बिमा कम्पनीले घरजग्गामा भने लगानी गरेको छैन । त्यस्तै कम्पनीले ९ करोड ४७ लाख रुपैयाँ साधारण सेयरमा लगानी गरेको छ भने संस्थागत ऋणपत्र र अग्राधिकार सेयरमा १ अर्ब ४१ कराृेड १३ लाख रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै नागरिक लगानी कोष र म्युचुअल फण्डमा ९ करोड ९ लाख रुपैयाँ लगानी गरेको छ । अन्य संस्थापक सेयर र सूचिकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा १ अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ । अन्य लगानीमा १५ करोड रुपैयाँ लगानी गरेको देखिन्छ ।
त्यस्तै हिमालय रिइन्स्योरेन्सले क वर्गको बैंकको मुद्दति निक्षेपमा १३ अर्ब २६ करोड रुपैयाँ राखेका छ । २ अर्ब ३६ करोड १० लाख रुपैयाँ साधारण सेयरमा लगानी गरेको छ भने सूचीकृत पब्लिक कम्पनीको वण्ड तथा डिबेन्चरमा १ अर्ब ८ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै कम्पनीले इन्भेष्टमेन्ट कम्पनीको सेयर र अन्य संस्थापक सेयरमा १ अर्ब २७ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ भने अन्य लगानीमा ६० करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्