काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई लक्षित गर्दै अघिल्लो घोषणापछि सामसुङ र अन्य स्मार्टफोन उत्पादकहरूमा कर लगाउने चेतावनी दिएका छन् ।
जुनको अन्त्यमा यो लागू हुने उहाँको भनाइ छ । सामसुङ दक्षिण कोरियाली कम्पनी हो । जसको ग्यालेक्सी सिरिज एप्पलको आईफोनको प्रमुख प्रतिष्पर्धी हो ।
केही दिनअघि ट्रम्पले सामाजिक सञ्जालमा जबसम्म आईफोनहरू संयुक्त राज्य अमेरिकामा बनाइँदैनन् तबसम्म एप्पलका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने बताए । ट्रम्पले वार्तामा अपर्याप्त प्रगति भएको उल्लेख गर्दै जुन १ देखि युरोपेली संघबाट हुने सबै आयातहरूमा ५० प्रतिशत कर लगाउने चेतावनी दिए ।
जुन १, २०२५ देखि युरोपेली संघमा सिधा ५० प्रतिशत ट्यारिफ सिफारिस गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्