नेपाल रोड रेसिङ च्याम्पियन बने राजकुमार


काठमाडौं । नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२२ को विजेता राजकुमार कार्की बनेका छन् । शुक्रबार र शनिबार भएको मोटरसाइकल रेसिङ प्रतियोगिता ‘यामाहा आर १५ एम प्रिजेन्ट्स नेपाल रोड रेसिङ च्याम्पियनसिप’ को फर्स्ट रनर्स अप आशिक लामा र सेकेन्ड रनर्स अप अजय तामाङ भएका छन् ।

यामाहा मोटरसाइकल मूख्य प्रायोजक रहेको रेसिङका विजयीहरुलाई बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, माउन्टेन स्पोर्टस फेडेरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई तथा नासा नेपालका पदाधिकारी र यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजका मार्केटिङ हेड सुधार देउजा लगायत अधिकारीहरुले पुरस्कार वितरण गरे ।

ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा सम्पन्न सो प्रतियोगितामा ४८ जना यामाहा राइडरबीच प्रतिस्पर्धा भएको थियो । ती मध्ये एक मात्र लेडी राइडर नीतिका गजुरेलको सहभागिता रहेको थियो ।

मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो प्रतियोगितालाई नेपाल अटोमोबाइल्स एसोसिएसन ९नासा नेपाल० र एफआईएमको स्वीकृत प्राप्त थियो ।

आर१५ सिरिजका बाइकका बीचमा मात्र भएको सो प्रतियोगिताका विजेता मध्ये ६ जनालाई आगामी दिनमा भारतको बैंगलोरमा हुने प्रतियोगितामा सहभागी गराइने बताइएको छ ।

प्रतियोगितालाई क्यास्ट्रोल, गल्फ, पेट्रोनस, लिक्वी मोली आदि विभिन्न लुब्रिकेन्ट ब्रान्ड तथा अन्य ब्रान्डको समेत सहयोग रहेको थियो ।