दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उत्पादन गरेको आलु उद्योगपति विनोद चौधरीको सिजी फुड्सले किनेको छ ।
जनश्रम कृषि सहकारी संस्थामार्फत उत्पादन गरिएको आलु सिजी फुड्सले खरिद गरेको हो ।
नेकपाका महासचिव विप्लवले आफूहरूले उत्पादन गरेको दुई लाख किलो आलु चौधरीलाई बेचेको जानकारी गराएका हुन् ।
दाङको तुलसीपुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै विप्लवले २ लाख किलो आलु बेचेएको जानकारी दिएका हुन् ।
उनले भने,“ आलु त हामीले विनोद चौधरीलाई नै दियौँ’, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गराएका छौँ ।”
आलु खरिद गर्ने विषयमा सिजी फुड्ससँग नेकपाले पहिले नै सम्झौता गरेको थियो ।
नेकपा सचिवालयका अनुसार सिजी फुड्ससँग ४५ रुपैयाँ किलोमा खरिदबिक्रीको सम्झौता भएको थियो । सम्झौता अनुसार ९० लाख रुपैयाँ बराबरको आलु नेकपाले सिजी फुड्सलाई बेचेको हो ।
प्रतिक्रिया दिनुहोस्