काठमाडाैँ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ ।
मंगलवार माइतीघर मण्डलामा बिरोध प्रदर्शन भएको हो । अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरूले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहबिरुद्ध भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । उनीहरुले मानव तस्कार सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे, गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।
तस्विरः न्युज एजेन्सी नेपाल















प्रतिक्रिया दिनुहोस्