बिहीबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ८९ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार एक हजार ५०० रूपैयाँले घटेर एक लाख ८७ हजार ८०० रूपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर एक हजार ९९५ रूपैयाँमा कारोबार भइरहेको छ ।