गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएकाे प्रधानमन्त्री ओलीकाे दाबी


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैले नेता छनोट गर्नपाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरेको बताएका छन् ।

गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुडिँखेलमा ओयोजित विशेष समाराहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मससम्मान सुरक्षित रहने गणतन्त्रान्त्रिक व्यवस्थाको विकल्प अरू हुननसक्ने बताएका हुन्।

गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए ।

“सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रि व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलिय बनाउन लागेका छौँ । समृद्ध नेपाल सुशी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौँ,” उनले भने ।

प्रधानमन्त्री ओलीले अहिले जनता आले मतदान गरेर, वडाका सदस्यादेखि देशको राष्ट्रपतिसम्म समावेशी रुपमा विभिन्न जात/जाति र समुदायका कम्तिमा ३६ हजार ५७ प्रतिनिधिहरु चुनिने व्यवस्था रहेको स्पष्ट पारे ।