बचत परिचालन गर्ने संस्थाको कुल सम्पत्ति तथा दायित्व कुल गार्हस्थ उत्पादनको २१०.९ प्रतिशत


काठमाडौँ । बचत परिचालन गर्ने संस्था (बिमा क्षेत्रसहित) को कुल सम्पत्ति तथा दायित्व कुल गार्हस्थ उत्पादनको २१०.९ प्रतिशत रहेको छ । आर्थिैक सर्वेक्षण २०८१ ८२ मा उल्लेख भए अनुसार बैंकिङ् तथा सम्झौतीत बचत परिचाmन गर्ने संस्था (बिमा क्षेत्रसहित) को कुल सम्पत्ति तथा दायित्व कुल गार्हस्थ उत्पादनको २१०.९ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

वित्तीय प्रणाली (सहकारी संस्था, सामाजिक सुरक्षा कोष र म्युचुअल फण्ड बाहेक) को सम्पत्ति तथा दायित्व संरचनामा बैंकिङ् क्षेत्रको अंश उच्च रहेको छ । २०८१ पुस मसान्तसम्म वित्तीय क्षेत्रको कुल सम्पत्ति तथा दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाहरुको अंश ८५.६ प्रतिशत रहेको छ ।

वित्तीय प्रणालीको सम्पत्ति र दायित्वमध्ये नेपाल राष्ट्र बैंकको अंश १७.४ प्रतिशत, वाणिज्य बैंकको अंश ५६.८ प्रतिशत र बैंकिङ् क्षेत्रका अन्य वित्तीय संस्थाहरुको अंश ११.४ प्रतिशत रहेको छ ।

यस्तै, बिमा क्षेत्र तथा सम्झौतीत बचत परिचालन गर्ने संस्थाहरको अंश १४.४ प्रतिशत रहेको छ ।