काठमाडौं । चालु आर्थिक वर्षमा सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब नाघेको छ ।
बिहीबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड रुपैयाँ पुगेको बताए । यो गत आर्थिक वर्षको तुलनामा २.२० प्रतिशतले बढि हो ।
सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समिक्षा अवधिमा ५.८६ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको अर्थमन्त्री पौडेलले बताए ।
पौडेलका अनुसार सार्वजनिक संस्थानमा ३ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ सेयर लगानी रहेको छ भने ३ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।
गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको कुल सञ्चालन आय ६ अर्ब ६९ अर्ब १५ करोड रुपैयाँ रहेको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/ ८०को तुलनामा ०.२२ प्रतिशतले कमि हो । कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ ।
नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्।
जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन्।
प्रतिक्रिया दिनुहोस्