टक्सारकर्मी आचार्यसहित तीन आर्थिक पत्रकार पुरस्कृत


काठमाडौं। टक्सार म्यागजिनका संवाददाता अनुप आचार्यसहित तीन आर्थिक पत्रकार पुरस्कृत भएका छन्।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले स्थापना दिवसको अवसरमा तीन पत्रकारलाई पुरस्कृत गरेको हो ।

बुधबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बिजमाण्डु डटकमका खेमराज श्रेष्ठलाई ‘शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान गरेका हुन् ।

टक्सार’ म्यागेजिनका आचार्य र अनलाइनखबर डटकमका संवाददाता विजय पराजुलीलाई ‘सिविफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ र ‘ प्रदान गरियो।

बैंकिङ तथा बीमा विज्ञ रमेशकुमार भट्टराईले आफ्ना माता पिता शारदादेवी/ढुण्डीराजकाे सम्मानमा प्रायाेजन गरेकाे ‘शारदा–ढुण्डीराज पुरस्कार’को राशि रु एक लाख रहेकाे छ भने बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिविफिन) ले प्रायाेजन गरेकाे ‘सिविफिन–नाफिज बैंकिङ पुरस्कार’को राशि रु ५० हजार रुपैयाँको रहेको छ ।

कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पत्रकारले आर्थिक परिसूचकलाई सबै जनताले बुझ्ने गरी सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिविफिन) र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकिङ प्रणाली थप सहज गराउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नाफिजको वार्षिक मुखपत्र अर्थचित्र विमोचन गरिएको छ।