देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना


काठमाडौँ । देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने महाशाखको अनुमान छ ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोशी प्रदेश र बागमती प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ । बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ अनुमान छ ।

कोशी प्रदेशको केही स्थानहरूमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोशी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।