जम्बो इको भेइकलको ७ हजार देखि १० लाख सम्मको दशैं तिहार जम्बो अफर


काठमाडौं । नेपालमा विभित्र ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाड–पर्वलाई लक्षित गरी दशैं–तिहार जम्बो अफर ल्याएको छ ।

अफर अन्तर्गत जम्बो इको भेइकलले बिक्री बितरण गर्दै आएका साइकल तथा स्कुटरहरुमा ग्राहकले ७ हजार देखि ३५ हजार सम्म नगद छुट पाउनुका साथै १० लाख रुपैयाँ बराबरको दुर्घटना बिमा पाउने छन् ।

इलेक्ट्रिकल स्कुटरको इतिहासमै पहिलो पटक यति ठुलो सुविधा दिएको जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने बताउँछन् । लोकन्थली (जडिबुटी) भक्तपुरमा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेइकलले हाल सस्तोमा ७५ हजार देखि ३ लाख २० हजार रुपैयाँ सम्म पर्ने इलेक्ट्रिक स्कुटर तथा सवारी साधन बिक्री वितरण गर्दै आएको छ ।

फरक फरक मोडलमा फरक फरक छुट भए तापनि प्रत्येक साधनमा १० लाख बराबरको दुर्घटना बिमा गरिएको न्यौपाने बताउँछन् ।

चीन लगायत अन्य मुलुकबाट इलेक्ट्रिक लगायत अन्य सवारी साधन आयातमा समस्या देखिए तापनि जम्बो इकोले चाड पर्वलाई लक्षित गरि स्टक उपलब्ध गराएको हुँदा ग्राहकले रोजी–छानी इलेक्ट्रिक स्कुटरहरु लोकन्थली नरेफाँटस्थित शोरुमबाट सजिलै खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।