काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमवार स्वदेश फिर्ता भएकी छन् ।
उनी सोमवार विहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएकी हुन् । उनी जेठ १ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएकी थिइन् । उनीसँगै नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी लगायत रहेका थिए।
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण फलदायी र उपलब्धीमुलक रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताइन् । मन्त्री भण्डारीकाअनुसार भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेकी थिइन् ।
भ्रमणका क्रममा चीन–नेपालबिचको द्विपक्षीय सहयोग आदानप्रदान, सांस्कृति सम्बन्ध, अर्थ कुटनीति लगायतका विषयमा छलफल भएको मन्त्री भण्डारीले बताइन् । उनले चीन–नेपालबिचमा विगतमा भएका समझदारी एवं सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको तथा चिनियाँ पक्षले विगतमा भएका समझदारी कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गरेके जानकारी दिइन्।
पूर्वराष्ट्रपति भण्डारीले चीनमा पाएको उच्चस्तरको सम्मानपछि नेपालमा वाम शक्ति एकीकरण, नेतृत्व स्वीकार्यतालाई चीनले सकारात्मक रूपमा लिएको विश्लेषणहरू हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्