पर्वत जिल्लाका स्थानीय तहले पाए २ अर्ब ९१ करोड रुपैयाँ अनुदान


काठमाडौं । पर्वत जिल्लाका स्थानीय तहहरुले संघयि सरकारबाट २ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् ।

अर्थमन्त्रालयले आज (सोमबार) सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/ ८३ को वित्तीय हस्तान्तरणबापत पर्वत जिल्लामा रहेका स्थाीय तहहरूले उक्त अनुदान प्राप्त गरेका हुन ।

पर्वत जिल्लामा २ नगरपालिका सहित ५ वटा गाउँपालिका रहेका छन् । जसमध्ये दुई नगरपालिकाले १ अर्ब १५ करोड ५७ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् भने ५ ओटा गाउँपालिकाले १ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ संघीय सरकारबाट अनुदान प्राप्त गरेका हुन् ।

आगमी आर्थिक वर्षमा कुश्मा नगरपालिकाले ६२ करोड १२ लाख रुपैयाँ अनुदान पाएको छ भने फलेवास नगरपालिकाले ५३ करोड ४५ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ ।

त्यसैगरी जलगला गाउँपालिकाले ३८ करोड ७० लाख, पैयूँ गाउँपालिकाले ३० करोड ४२ लाख, महाशिला गाउँपालिकाले ३१ करोड १९ लाख, ४२ करोड ६७ लाख र विहादी गाउँपालिकाले ३३ करोड एक लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् ।