संयुक्त राष्ट्र संघको शरणार्थी उच्चायुक्तका अनुसार अप्रिल र मे महिनामा छिमेकी पाकिस्तान र इरानबाट कुल ५ लाख अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । फर्कनेहरूले अनिश्चित भविष्यको सामना गरिरहेका छन् ।
आफ्नो जीवन पुनर्निर्माण गर्न संघर्ष गरिरहेका छन् । त्यसैले सहयोग पहिलेभन्दा बढी आवश्यक रहेको बताइएको छ । गत वर्ष छिमेकी पाकिस्तान र इरानबाट २० लाखभन्दा बढी अफगानीहरू घर फर्किएको रिपोर्ट गरिएको छ ।
पाकिस्तानी सरकारले २०२५ मा ३० लाख अफगानीहरूलाई आफ्नो देश निष्कासन गर्ने तयारी गरेको छ । जबकि इरानी अधिकारीहरूले कागजात नभएका विदेशी नागरिकहरूलाई आफ्नो अवैध बसाइ अन्त्य गरेर आफ्नो घर फर्कन आग्रह गरेका छन् ।
अफगानिस्तानको अन्तरिम सरकारले अफगान शरणार्थीहरूलाई शरणार्थीको रूपमा विदेशमा बस्न छोडेर आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माणमा योगदान पु¥याउन घर फर्कन बारम्बार आह्वान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्