सांसद शर्माको प्रश्नः भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले किन कारबाही गर्न सकेन ?


काठमाडाैँ । राष्ट्रिय सभामा नकेपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । 

बुधवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री दोषी छन् भन्ने आरोप प्रतिपक्षको नभएपनि छानबिन सहज बनाउन उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । उनले भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले अहिलेसम्म कारबाही नगरेकोप्रति पनि प्रश्न उठाए।

सरकारले किन कारबाही गरेन ? अख्तियार स्वतःफूर्त रूपमा अघि बढ्नुपर्ने स्थिति किन आयो ? उनको प्रश्न छ । गृहमन्त्री पदमै रहँदा  छानबिनमा प्रभाव पर्नसक्ने भएकाले कानूनी र नैतिक दृष्टिकोणले गृहमन्त्रीको राजीनामा उपयुक्त हुने उनको भनाइ छ । 

सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको समेत उनको आरोप छ ।