उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैन: प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख गरे। सरकारी रोजगारीले एक प्रतिशतलाई मात्रै धान्नसक्ने अवस्था रहेको बताए ।

उनले हरेक वर्ष बजारमा ५ लाख युवाहरु रोजगारीका लागि आउने गरेको बताए । रोजगारीको समस्या समाधान गर्न उद्यमशिलता विकासको विकल्प नरहेको बताए ।

“उद्यमशिलताबाट रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । उद्यमशिलताको विकास गर्नुपर्छ । उद्यमशिलताको विकास नगरी जब अपच्र्युनिटी कसरी आउँछ ? हामीले सरकारी जब मात्रै खोज्यौँ भने त कहिले एउटा रिटायर होला र मौका पाउला भन्ने हुन्छ । यो त सिमित एक प्रतिशतले पाउने हो । एक प्रतिशतले रोजगारी पाएर त भएन नि । रोजगारीका अवसरका लागि हरेक वर्ष साढे चार लाखदेखि ५ लाख युवाहरू रोजगारीका निम्ति बजारमा आउँछन्,” उनले भने ।

प्रधानमन्त्री ओलीले शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने बताए ।