काठमाडाैँ । संघीय निजामति सेवासम्बन्धी कतिपय प्रावधानहरूप्रति आपत्ति जनाउँदै कर्मचारीहरूले सिंहदरबार केन्द्रित धर्ना जारी राखेका छन् ।
नागरिक सेवामैत्री एवं कर्मचारीमैत्री ऐन जारी गर्नुपर्ने भन्दै नेपाल निजामति कर्मचारी संगठनको अगुवाईमा कर्मचारीहरूले बिहीवार पाँचौँ दिन पनि धर्ना कार्यक्रम जारी राखेका हुन् ।
कर्मचारीको वृत्ति विकास हुने खालको ऐन प्रश्ताव नगरिएको भन्दै कर्मचारीहरुले निरन्तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिँदै आएका छन् । नेपाल कर्मचारी निजामति कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष प्रभास शाहले जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेर देशभर आन्दोलन गर्ने चेतावनी दिए ।
उनले सिंहदरबारबाटै देश चलाइरहेको सरकारले सिंहदरबारभित्र राखेका आफ्ना मागहरु नसुनेको आरोप लगाए । उनले संघीय निजामति ऐन तत्काल जारी गर्नुपर्ने उनको माग छ ।
निजामती कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारीका ट्रेड युनियनहरूले आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्