काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको समस्या समाधान गर्नेमा सत्ता र प्रतिपक्षी दलहरु एक ठाउँमा रहेको बताएका छन् ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बस्नेतले भिजिटि भिसाको विषयमा रहेका समस्याहरूको तत्कालीन र दीर्घकालीन समस्याको समाधान गर्ने कुरामा विमति नभए पनि कसले गर्ने भन्ने कुरामा सहमति नहुँदा संसदको गतिरोध अन्त्य हुन नसकेको बताएका हुन् ।
उनले भिजिट भिसा प्रकरणको बारेमा मङ्गलवार घनिभूत रूपमा छलफल गर्ने र बुधवारदेखि संसद खुलाउने गरी सत्तापक्ष र प्रतिपक्षीबिच छलफल भएको समेत बताए । बुधवारदेखि संसदको गतिरोध अनत्य हुने उनको विश्वास छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले गत जेठ १३ देखि संसद अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्