शुक्रबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ४ हजार २०० रुपैयाँले बढेर एक लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँ कायम भएको छ ।