काठमाडाैँ । थाइल्याण्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इण्डियाको फ्लाइट एआई-३७९ले आपत्कालीन अवतरण गरेको छ।
फुकेटबाट दिल्लीका लागि उडेको विमानमा बम रहेको सूचना प्राप्त भएपछि विमान पुनः फिर्ता गरी फुकेटमा सुरक्षितरूपमा अवतरण गराइएको हो। विमानमा १५६ जना यात्रु र चालकदलका सदस्य सवार थिए। सबै सकुशल रहेको एयरपोर्ट प्रशासनले जनाएको छ।
फ्लाइट ट्र्याकिङ सेवा ‘फ्लाइटरेडार२४’ अनुसार भारतीय समयअनुसार बिहान ९:३० बजे (स्थानीय समयअनुसार दिउँसो २:३० बजे) विमानले फुकेट विमानस्थलबाट उडान भरेको थियो।
उडानपछि अण्डमान समुद्र माथि केही बेर गुम्सिएर विमान फिर्ता गराइएको हो। बमको धम्की मिलेसँगै फुकेट विमानस्थलले ‘एयरपोर्ट कन्टिन्जेन्सी प्लान’ सक्रिय गर्दै सम्पूर्ण सुरक्षा उपायहरू अपनाएको थियो। ।
यसैबिच, भारतको अहमदाबादमा हिजाे एयर इण्डियाको विमान दुर्घटनामा परेको थियाे। बोइङ ७८७ ड्रीमलाइनर फ्लाइट एआइ- १७१ ले दिउँसो १:३८ बजे अहमदाबादबाट लण्डनका लागि उडान भरेको दुई मिनेटमै दुर्घटना भएको थियाे । विमानमा २४१ जना यात्रु सवार थिए ।
प्रतिक्रिया दिनुहोस्