काठमाडाैँ । सभामुख देवराज घिमिरेले सूचना, वाक स्वतन्त्रता र प्रेसलाई व्यवहारिक बनाउन संसदमा कानून निर्माण भइरहेको बताएका छन् ।
ललितपुरमा शुक्रवार आयोजित एक कार्यक्रममा उनले सूचनाको हक, वाक स्वतन्त्रताको हक, प्रेसलाई व्यवहारिक बनाउन अहिले पनि केही कानूनहरु संसदमा छलफलका क्रममा रहेको जिकिर गरे ।
उनले कानूनलाई छिटै व्यवहारिक रुपबाट निर्णयमा पु¥याउने र कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए । अहिले पत्रकारितामा के साँचो र के झ्टो भन्नेकुरा छुट्याउन कठिन भइरहेको उनकाे भनाइ छ । सच्चाईलाई बोकेर अघि बढ्ने कुराहरुमा चुनौति आइरहेकाे उनले बताए ।
सभामुख घिमिरेले सञ्चारमाध्यमले आफ्नो मातृभाषाको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्