तोलामा ४०० रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९७ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ४०० रुपैयाँले बढेर एक लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।