काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीहरूको कार्यशैलीप्रति आलोचना गरेका छन् ।मङ्गलवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले कर्मचारीको कामप्रति समर्पण नदेखिने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
मन्त्री खड्काले समयमै सुधार नगरे हालको ढिलासुस्तीले देशलाई जटिल मोडमा पु¥याउने चेतावनी दिएका छन् । उनले व्यक्तिगत जिम्मेवारीबारे आत्म समीक्षा गर्न पनि कर्मचारीहरूलाई सुझाव दिए ।
मन्त्री खड्काले विदेश भ्रमण, रिफ्रेसमेन्ट र औपचारिकतामा समय खर्चिए पनि कार्यसम्पादनको सन्दर्भमा खासै प्रगति नदेखिएको गुनासो गरे । काममा प्रतिवद्धता, परिणाममुखी सोच र स्वाभिमानी जिम्मेवारी निर्वाह गर्न कर्मचारीहरूलाई उनले आग्रह गरेका छन् ।
उनले चालु आर्थिक वर्षको ११ महिना वितिसक्दा पनि मन्त्रालय र मातहतका निकायबाट चित्तबुझ्दो काम हुन नसकेको बताए । प्रतिवद्धता र लक्ष्य अनुरूप कार्यसम्पादन हुन नसक्नु पनि चिन्ताको विषय भएको उनले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्