काठमाडौं । इजरायलले इरानमा हवाई आक्रमणको अर्को चरण सुरु गरेको बताएको छ ।
आफ्नो सैन्य अभियानलाई अगाडि बढाउन दृढ संकल्पित रहेको इजरायलको भनाइ छ । इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले निरन्तर इजरायली हवाई आक्रमणको परिणामस्वरूप इरानी सेनालाई पछि धकेल्दै गएको बताए ।
डिफ्रिनले लगभग ६० इजरायली लडाकु विमानहरूले मंगलवारको सुरुमा तेहरान क्षेत्रमा १२ भूमिगत मिसाइल प्रक्षेपण स्थलहरूलाई लक्षित गर्दै ठूलो आक्रमण गरेका थिए ।
जुन १३ मा इजरायलले इरानभरि गरेको अचानक हवाई आक्रमणबाट शुरु भएको हवाई द्वन्द्वमा इरानमा कम्तिमा २ सय ४४ र इजरायलमा २४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्