काठमाडाैँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुनचाँदी कारोबारलाई नियमन गर्ने कुनैपनि सरकारी निकाय नभएको बताएका छन् ।
बुधवार सुन तथा सुनका गरगहनामा लगाइएको कर तथा दस्तुर र यसले उपभोक्तालाई पार्ने प्रभाव विषयक अन्तरक्रियामा अध्यक्ष महर्जनले करिब नौ अर्ब रुपैयाँ वार्षिक राजश्व बुझाउने व्यवसाय नियम कानूनको दायराबाट बाहिर रहनु दुःखको कुरा भएको स्पष्ट पारे ।
अध्यक्ष महर्जनले सुनचाँचीको कारोबार सनातनदेखि चलिरहेको र अहिलेपनि सनातनी परम्परा र रैथाने व्यवसायको रुपमा चलिरहेको दाबी गरे । वर्तमान अवस्थामा यो व्यवसायमा केही वेथितिहरु निस्कन थालेसँगै व्यवसाय नै धरासायी हुन थालेको उनको भनाइ थियो ।
उनले सुनचाँदी व्यवसायमा सरकारले धेरै चासो राखेपनि यसलाई नियमन गर्ने विषयमा कानून नबन्नुको कारण भने सरकारलाई नै जानकारी भएको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्