काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताएका छन् ।
बुधवार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको दाबी गरे । नेपाल दक्षिण एसियामा सार्वजनिक सेवा प्रशारण ऐन कार्यान्वयन गर्ने अग्रणी देशमध्ये रहेको उनको भनाइ छ ।
सार्वजनिक सेवा प्रशारण ऐन बन्ने क्रममा रहँदा नै गोरखापत्र दैनिकमा ४५ भाषामा अतिरिक्त समाचार सामग्री प्रकाशित भइरहेको, रेडियो नेपालबाट २५ वटा नेपाली भाषामा समाचार प्रशारण भइरहेको र राष्ट्रिय समाचार समितिले मैथिली र नेपाल भाषामा समाचार समेटिसकेको जानकारी दिए ।
“नेपाल सरकारले सार्वजनिक सेवा प्रशारण ऐन बनाइसकेको छ । त्यसको पहिलो उद्देश्य नै पिपुल फस्ट, नेशन फस्ट हो,” उनले भने, “त्यसमा आधारित भएर हामीले कार्यक्रमहरू बनाउने, न्युजहरूको प्रशारण गर्ने कुरा हुन्छ । साउथ एसियामा नेपाल पहिलो देश होला, पीएसबीको पहिलो देश त म भन्दिन, हामी अगाडी नै छौँ ।
प्रतिक्रिया दिनुहोस्