भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साँठगाँठ गरेका छैनौँः उपमहासचिव पुन


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटफेर गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको विषयमा सरकारसँग भएको सहमति सत्ता साझेदारी र जनयुद्धकालीन मुद्दाका विषयलाई जोडेर भइरहेको टिप्पणी असान्दर्भिक रहेको बताएका हुन् ।

उनले भिजिट भिसा प्रकरणमा सरकारसँग कुनैपनि विषय साटफेर नगरेको जिकिर गरे । उनले संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी कामहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले सुरू गरिसकेको समेत उल्लेख गरे। उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको छानविनको लािगि सरकारलाई समिति गठन गर्न समेत आग्रह गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरुलाई संयमित रहन पनि आग्रह गरे ।