लुम्बिनी प्रदेशमा नयाँ ट्रयाक भन्दा ग्राभेल र कालोपत्रे सडक प्राथमिकतामा


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ ट्रयाकभन्दा ग्राभेल र कालोपत्रे सडकलाई प्राथमिकतामा राखेको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेटको रातोकिताब अनुसार नयाँ ट्रयाक ५० किलोमिटरमात्रै अपेक्षित उपलब्धीमा राखिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा २५० किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य राखेको छ भने २ सय किलोमिटर सकड कालोपत्रे गर्ने लक्ष्य राखेको छ ।

यस्तै ढलान गरी पक्की सडक २५ किलोमिटर, सडक पुल ४० टा र झोलुंगे पुल १० ओटा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

लुम्बिनी प्रदेश सरकारले यसपटक रणनीतिक महत्वका सडकको स्तरोन्नति तथा नियमित मर्मत सम्भार कार्यलाई जोड दिनुका साथै अन्तरप्रदेश समन्वय एवम् सहलगानीमा सञ्चालन हुने आयोजनालाई प्राथमिकता लिएको छ ।