११ महिनामा १६ खर्बभन्दा बढीको आयात, निर्यात ७७ प्रतिशतले वृद्धि


काठमाडाैँ । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउनदेखि जेठ) सम्म नेपालले कुल १६ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा आयात रकम १४ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो भने यस वर्ष आयात १३.१५ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी, भन्सार विभागकाे तथ्याङ्कअनुसार निर्यातमा पनि उल्लेखनीय वृद्धी देखिएको छ। गत आर्थिक वर्षको १ खर्ब ३९ अर्ब रुपैयाँको तुलनामा यस वर्ष निर्यात रकम ७७.७७ प्रतिशतले बढेर २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।

यससँगै, चालू आर्थिक वर्षको ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँमा पुगेको छ।