दोलखाको मिथेन ग्याँस उत्खनन र धौवादी फलाम कारखानाको काम अघि बढेसँगै देशलाई ठूलो आम्दानी हुन्छः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा ५० वर्षसम्म नेपाललाई पुग्ने मिथेन ग्याँस पत्ता लागेको बताएका छन् ।शुक्रवार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै उनले १ सय १२ मिलियन मेट्रिकटन ग्याँस पत्ता लागेको बताउँदै यसबाट नेपालले आर्थिक उन्नति गर्नसक्ने बताएका हुन् ।

उनले दैलेखमा रहेको ग्याँसको अध्ययनका लागि पनि आफूले नै काम शुरु गरेको र अहिलेको फ्लाइओभरको उद्घाटन पनि आफूले नै गरेको बताए । धौवादी फलाम कारखानाको काम अघि बढिरहेको र धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै नेपाललाई सय वर्षलाई पुग्ने फलाम, आइरन, स्टिल प्राप्त हुने दाबी गर्नुभयो । त्यसले देशलाई ठूलो टेवा पुग्ने बताए । 

“हिजो मात्रै एउटा समाचार आयो । अखबारहरूमा व्यापक स्थान पायो । दैलेखमा नेपाललाई ५० वर्ष कमसेकम पुग्ने गरीको मेथन ग्याँस पत्ता लाग्यो । त्यो प्रमाणित भयो । १ सय १२ मिलियन मेट्रिकटन होला सायद अथवा ठूलो मात्रामा ५० वर्ष नेपाललाई पुग्नेगरी तीन वटा कुवा छ त्यहाँ त्यसमध्ये एउटाबाट मात्रै ५० वर्ष नेपाललाई मिथेन ग्याँस त्यहाँबाट पैदा हुन्छ । जुन कुरा यो फ्लाइओभर शुरु गरेको जस्तै त्यसको पनि सुरूवात मैले नै गरेको थिएँ,” उनले भने ।